त्यो रात कविता | Tyo Raat Poem


लेखन समय: राती १०.२५
१५ मङ्सिर २०७१बुलबुले टोलकालोपुल
त्यो रात टकमक्क थियो
जुनले किरण छर्दै थियो
धरती गुञ्जायमान थियो
हावा निश्चिन्त भएर बगिरहेको थियो
पाइलामा पाइला जोड्दै
म हिँडिरहेको थिए
हेरिरहेको थिए
सुन्दर जीवनको कल्पना गर्दै
पृथक् जीवनको बाटोमा
जुन सगरमाथा रूपी जीवनको लक्ष्य तर्फ केन्द्रित थियो
त्यो रात आनन्दमय थियो
मनमा शीतलताको आभास भइरहेको थियो
मानौँ ठुलै सफलता पाए जस्तो
मनले अनुभव गर्दै थियो
उमङ्गका तरङ्गहरू मानस पटलमा गुन्जी रहेका थिए
म दुर्लभ आरोही झैँ
अघि बढी रहेको थिए
हेरिरहेको थिए
जहाँ त्यो रात टकमक्क थियो
जुनले किरण छर्दै थियो

लेखक: कृष्ण बहादुर चन्द सोडारी "युगल"
Written by: Krishna Bahadur Chand Sodari "Yugal"

Post a Comment

0 Comments