जब मेरो पाइला चल्न थाल्यो कविता I Paila Poem


लेखन समय: बेलुका ८ बजे, १६ मङ्सिर २०७२, सहयोगी नगर, कोटेश्वर
थिए बसेको चौतारीमा नियाल्दै दुनियाँ सारा
देखे मिलन देखे बिछोड देखियो रङ्गी विरङ्गी चरा
लागी रहेको थियो मनमा न्यास्रो अनि अल्छी पनि
देखे दुनियाँ हराभरा सँगै कैयौँ गल्छी पनि

आङ चलिरहेको थिएन चलिरहेको थियो धड्कन तर
गाइ गोठाला गाइरहेको देखे जब मैले वरपर
आयो याद तिम्रै मातृभूमी किन यति पछि आज
जब देखे सपनामा हिजो मेरो छिमेकी अनि समाज

सम्झे सारा साथी भाइ मैले अनि मेरो गाउँ
सोचे मैले चौतारीबाट अब जाऊँ कि नजाऊँ
खोजे हिँड्न तर पनि हेरुँ हेरुँ जस्तो लाग्यो
के गर्ने हिँड्नै पर्ने भो मनमा कस्तो कस्तो लाग्यो

तर हिँडे बल्लतल्ल चौतारीबाट सानो पारि मन
के के गरुँ मातृभूमी तिमी नै मलाई भन
बिस्तारै बिस्तारै मन भित्र पिडा बल्न थाल्यो
रुँदै थिए म त्यति बेला  जब मेरो पाइला चल्न थाल्यो

लेखक: कृष्ण बहादुर चन्द सोडारी “युगल”
Writer: Krishna Bahadur Chand Sodari “Yugal”

Post a Comment

0 Comments