तिमि हाँस्यौ अनि म हासे कविता I Timi Haseu Poem



लेखन समय: बिहान १०.४५, १९ जेठ २०७३, सहयोगी नगर, कोटेश्वर
तिमि बोलिरहँदा तिम्रो मुस्कान चम्की रहेको थियो
आँखाका नयनहरू टल्किरहेका थिए
तिमि बोलिरहँदा तिम्रो जीउडाल हल्लिरहेको थियो
त्यो निश्चिन्त हावाले कपालहरू बगिरहेका थिए
अनि मैले तिमीलाई टाढाबाट हेरिरहेको थिए
नियालिरहेको थिए
जब तिमि साथी सँग बात मार्दै थियौ
खै किन हो हेरी रहू जस्तो लाग्यो तिमीलाई
सायद तिमि साथीसँग कतै जाँदै थियौ
मैले तिमीलाई हेरी रहदा
खै के भन्नै सकिन
अनि तिमि म तिर आइ रहयौ
म हेरी रहे
तिमि लाजै रहयौ
म हेरी रहे
मेरो खुसीको आशु खसी रहदा तिमि हिडिरहयौ
उही तालमा कतै जानु परे झैँ
मैले तिमीलाई पच्छ्याइरहे
जब तिमि हिडिरहयौ
अनि फर्केर जब तिमीले पछाडी हेर्यौ
म आत्तिए
तब तिमि हाँस्यौ अनि म हासे

लेखक: कृष्ण बहादुर चन्द सोडारी “युगल”
Writer: Krishna Bahadur Chand Sodari “Yugal”

Post a Comment

0 Comments