केही गर्नै पर्ने भो कविता | Kehi Garnai Parne Bho Poem


लेखन समय: बिहान ८.२०, १९ वैशाख २०७४, सहयोगी नगर, कोटेश्वर
पुँजीवादी सामन्तीले लुट्दै छन् लुटेर गए
भ्रष्टाचारी छुट्दै छन् आज कोही छुटेर गए
नेपाल बनाउन अब युवा अघि सर्नै पर्ने भो
अब त अति भो देशमा केही गर्नै पर्ने भो

बेचे कोशी, महाकाली, कर्णाली, टनक पुर सारा
जनवादी क्रान्ति गर्नेहरुका हराएर गए सबै नारा
दशरथ, गंगालाल, शुक्र राज, धर्म भक्त फेरी मर्नै पर्ने भो
अब त अति भो देशमा केही गर्नै पर्ने भो

कालोबजारिया घूसखोर देशमा बढेका बढ्यै छन्
युवाहरू साउदी, कतारका गाडी चढेका चढ्यै छन्
फेरीपनि अब शोषकको कुर्सी हर्नै पर्ने भो
अब त अति भो देशमा केही गर्नै पर्ने भो

नेपालीको दौरा सुरुवाल ढाका टोपी हरायो
भाषा चालचलन रीतिरिवाज संस्कृति हरायो
संस्कृति चालचलनको बीउ फेरी छर्नै पर्ने भो
अब त अति भो देशमा केही गर्नै पर्ने भो

लेखक: कृष्ण बहादुर चन्द सोडारी “युगल”
Writer: Krishna Bahadur Chand Sodari “Yugal"

Post a Comment

0 Comments