हामी संवेदनशील हुनुपर्ने बेला किन संवेदनहीन



कुरा गत फागु पुर्णिमा अर्थात् होलीको नेपाल सरकार गृह मन्त्रालयले सार्वजनिक स्थलमा गएर होली नखेल्न आग्रह गरिसकेको थियोI तथापि हामी साथी भाइ भेटघाट गर्ने उद्देश्यले बानेश्वर भेला हुने निर्णय गरेका थियौI म अलि अगाडी पुगे साथी हरू आउँदै थिएI हामी सके सम्म भीडभाडमा मास्क प्रयोग गर्ने गर्छौ तर त्यो दिन मेरो एउटा साथीले मास्क बिर्सेछ हामी मास्क किन्न भनेर फार्मेसी र मेडिकल पसल गयौ तर मास्क भेटिएनI हामी अली पर सम्म पुग्यौ बल्ल एउटा कस्मेटिक पसलमा मास्क पाइदो रहेछI साथीले राहत महसुस गर्यो तर मास्कको मूल्य भने बढेर दोबर भैँ सकेको रहेछI मनमा एक चोटि खिन्न महसुस भयोI हामीले यस्तो बेलामा झन् सहयोग गर्नु को सट्टा किन दोबर महँगोमा बेच्नु भएको भनेर भन्दा उत्तरमा उहाँले भन्नु भयो “ अरूले यो भन्दा महँगोमा बेचिरहेका छन्, मैले यत्तिपनि नखानु ” यो उत्तरले साह्रै मर्माहित बनायोI हामीले सक्दो बुझाउन कोसिस गर्यौ तर जबाफ त्यही आयोI हामीले बहस नगर्नू नै उचित ठान्यौ र त्यहाँबाट निस्कियौI
अरूले खान्छ मैले नि खानु पर्छ, खान पाउनु पर्छ भन्ने मानसिकता बोकेका हामीमा मानवता खोइ? प्रश्न यहाँ तेर्सिन्छ र हाम्रो सोच कति सङ्कीर्ण रहेछ भन्ने कुरा माथिको उत्तर बाट नि थाहा हुन्छI अहिले कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढिरहेको छ, जसरी अहिले चिन हुँदै युरोपका विभिन्न मुलुकमा तीव्र रूपमा कोरोना भाइरसको संक्रमण बढी रहेको छ त्यसरी नै भोलि नेपालमा नि यसको प्रकोप आउला र नबढ्ला भन्न सकिन्न तर व्यापारीहरूको नाफा मुखी मानसिकताले भोलिको अवस्था के होला कल्पना नै गर्न सकिन्नI हुन त माथिको त एउटा सानो प्रतिनिधि घटना मात्र हो तर यसले नेपाली बजारमा हुने खुलेआम ग्राहक ठग्ने काम हुन्छ र यसको प्रभावकारी नियन्त्रण हुन् सकेको छैन भन्ने कुरा अवगत गराउँछI
नेपालीमा एउटा उखान हामी अक्सर सुन्ने गर्छौ “मलाई खाने बाघले तँलाई पनि खान्छ” किनकी भाइरसले व्यापारी, धनी, गरिब भनेर हेर्दैनI भोलि को विकराल अवस्थालाई मध्यनजर गर्दै आफू र अरूको स्वास्थ्यमा नि ध्यान दिउI हामी संवेदनशील हुनु पर्ने बेला संवेदन हीन न बनौंI सामाजिक सञ्जालमा कहिलेकाहीँ नागरिकलाई भ्रमित पार्ने खालका समाचार आइ दिँदा र व्यापारीको खुले आम कालोबजारीले गर्दा अहिले सम्पूर्ण आम नागरिक त्रसित छन्I अचेल नेपाल प्रहरीले पनि कडाइका साथ यसका विरुद्ध धावा बोलेको समाचार विभिन्न पत्रपत्रिका मार्फत सुन्दै आएका छौंI यो कदम एकदमै सह्रानीय छI आशा छ यो कोरोना फोबिया को अवस्था धेरै दिन टिक्ने छैनI नेपाल सरकारले पनि कोरोना भाइरस विरुद्ध लड्न भनेर विभिन्न रणनीति हरू सार्वजनिक गरी सकेको छI कोरोना भाइरसका विरुद्ध सबै नेपाली दाजुभाइको मिलेर अगाडी बढौंI देश बनाउने नेताले मात्र होइन तपाइँ हामी जस्ता आम नागरिकको भूमिका पनि त्यति नै रहन्छI हामी कोरोना विरुद्धको लडाइमा हातेमालो गर्दै अघि बढौं किनकी हामी सक्छौ र गर्छौI
जय देश, जय नेपाल !!!

Post a Comment

2 Comments

  1. हाम्रो वर्तमान समयको नमिठो सत्ययता यहि नै हो।। यो लेख्ने मान्छे लाई धन्यबाद हाम्रो समज को बास्तबिकता सबै ले बुझ्ने गरि ल्यैदियको मा।

    ReplyDelete
    Replies
    1. धेरै धेरै धन्यवाद तपाइको अमुल्य प्रतिक्रिया को लागी

      Delete