ढाका टोपी कविता | Dhaka Topi Poem



लेखन समय: बेलुका ६.०५, १ जनवरी २०१७, जडीबुटी, कोटेश्वर
सगरमाथा जस्तै ठूलो सान छ यसको
यत्रतत्र सर्वत्र सम्मान छ यसको
दौरा, सुरुवाल लगाएर नेपालको झन्डा खोपी
टलक्ककै टल्कि रहोस् मेरो शिरैमा ढाका टोपी

यही टोपीले नालापानी र कालापानी जित्यो 
यहीँ टोपी टिष्टा देखि कागडा पुग्यो
बढाइ रहेछ शान शिरको देखि गोपाल गोपी
टलक्ककै टल्कि रहोस् मेरो शिरैमा ढाका टोपी

दशरथ, गंगालाल, धर्मभक्त, शुक्रराजले यहीँ टोपी लगाए
राणाशाशन ढल्यो, देशबाट पञ्चायत अनि राजा भगाए
पूर्व पश्चिम आज एकताको लहर खोपी
टलक्ककै टल्कि रहोस् मेरो शिरैमा ढाका टोपी

देशमा शान्ति सुव्यवस्था आइदेओस
प्यारो यो मेरो देशमा विकास छाइदेओस
सारा सन्सार अनि ब्रह्माण्ड सम्म छोपी 
टलक्ककै टल्कि रहोस् मेरो शिरैमा ढाका टोपी


लेखक: कृष्ण बहादुर चन्द सोडारी “युगल”
Writer: Krishna Bahadur Chand Sodari “Yugal”

Post a Comment

0 Comments