जब सभ्यताले शिखर चुम्न थाल्छ कविता I Sabhyata Poem



लेखन समय: दिउसो २.३०, २९ असार २०७१, जेभियर इन्टरनेसनल कलेज, कालोपुल
जब सभ्यताले शिखर चुम्न थाल्छ
जब अनेक भावनाहरू एक जुट हुन्छन्
जब सफलताको प्रखर उचाइमा पुगिन्छ
जब पीडाहरू खुसीमा परिणत हुन्छन्
जब देशमा अशान्ति र अन्धकार पतन हुन् थाल्छ
चोरी, गुन्डा र लुटपाट गर्जनेहरू सिर्जनासित हुन्छन्
जब जीवन धान्न विदेशमा मजदुरी गर्नुपर्दैन
गरिबले भोक भोकै मर्नु पर्दैन
जब शिक्षाको खोजीमा सहर र विदेश धाउनु पर्दैन
जब समाजका टाउकेहरू
शोषक, सामन्ती, भ्रष्ट, दलाल, माफियाहरू शिर झुकाउन बाध्य हुन्छन्
जब देशका कुना र कन्दरामा बस्नेहरु
छाक टार्न भीख माग्ने हरू
सडकमा सुत्नेहरु
विकासवादको प्रकाशबाट प्रभावित हुन्छन्
अनि समाज रूपान्तरित हुन्छ
समतामुलक समाजको निर्माण र विकास हुन्छ
अनि बन्छ देश
दिगो विकास र सन्तुलन बाट प्रेरित
एक्काइसौं शताब्दीको अग्रज
समानताको पर्याय
शान्ति प्रेमी अनि न्यायप्रेमी
जब सभ्यताले शिखर चुम्न थाल्छ

लेखक: कृष्ण बहादुर चन्द सोडारी “युगल”
Writer: Krishna Bahadur Chand Sodari “Yugal”

Post a Comment

0 Comments