साथी कविता I Saathi Poem




लेखन समय: दिउसो ४.२४, १७ नोभेम्बर २०१८, लगनखेल, ललितपुर 
मेरो यो स्वर्णिम साम्राज्यमा अधिराज गर्न सायद ति तिम्रा नयनहरुको दर्शन काफि होला
तिमी प्रेमरूपी पियुष पिएर अमर भैराख 
म असिम अविनाशी ओम जय श्री कृष्ण भैदिउला

यो सृष्टिको रित र ऋतुसंग लड्ने परे पनि 
म ध्यानमा लट्ठ ऋषि भैदिउला
म तिमीलाई आकाशबाट अश्लेशा नक्षत्र भएर हेरिरहुला 
तिमी शुशान्त समुन्द्र भएर बगिरह्नु
माया अतुलनीय हो 
सुभद्र भैदिनु तिमी
म तिमीलाइ जीवनमा सुवास छर्ने स्वीकृति दिन्छु
म मेरो निनाले तिमीलाई ब्युझाउला
तिमी सुजन बनी ब्युझीदिनु

ल रिसाएर हुदैन है भुन्टी मसंग 
सक्छौ भने मलाइ लबको दिक्षा अनि सदिक्षा देउ
म सन्तोष भएर बाचिदिउला
केवल तिम्रो जितमा सुजित अनी तिम्रो सुमित भैदिउला

म तिम्रो जीवनको रंजन बन्न चाहन्छु 
मलाई सम्झीराख है प्रिय
म तिम्रो अनुकरण गरिरहन्छु
तिमी स्नेहारुपी नजरले हेरी मात्र देउ 
म तिम्रो जीवनको बिपुल स्मृति बन्न चाहन्छु

तिमीलाई विश्वभरिको प्रेमको स्वस्तिक दिउला
तिमी धिरेन्द्रले पुजा गरिरहनु
म अनिल भएर आउनेछु
तिमी प्रदिप भएर चंकी रहनु 
म प्रेक्षा गरिरहुला
अनि तिमी प्रिज्मझैँ प्रकाश आवर्तन गरिरहनु

तिमी सयनमै बसी राख्नु प्रिय
नोभेम्बरमा चिसो होला
म रवी भएर उदाउनेछु
तिमी सुसम बनिराख्नु
अनिस नबन्नु
म प्रणय दिवसको दिन सौरभी फुल लिएर साकार हुनेछु

सेमिनारमा मेरो शरीरको अर्गेन दिउला
अलि सानो मन नपारेर अनुशाशित भैराख्नु माया
म तिम्रो जीवनको बिक्रम र विकाश भैदिनेछु
तिमी लक्ष्मी भैराख्नु
म सर्वहारा लेलिन भएर त्यसको सदुपयोग गरुला

लेखक: कृष्ण बहादुर चन्द सोडारी “युगल”
Writer: Krishna Bahadur Chand Sodari “Yugal”

Post a Comment

0 Comments