उडायो गजल I Udaayo Gajal



लेखन समय: बेलुका ७.०५, २ माघ २०७३, सहयोगी नगर, कोटेश्वर
छानो उडायो धुरी उडायो सँगै बारी उडायो 
पीपल ढल्यो नजिकैको अनि छहारी उडायो

चुहियो तपतप पानी छिद्र पर्यो पाखोमा उसको
यता जल्यो उता जल्यो सबै वारिपारि उडायो 

मन्द भो सुर्यको प्रकाश, चन्द्रमाको शीतलता हरायो
ढल्यो उसले बनाएको पर्खाल बोकेको भारी उडायो 

यो गजल देशका कुनाकन्धरामा बस्ने राज्यको साधन र स्रोतबाट बन्चित सम्पूर्ण नेपाली दाजुभाईप्रति समर्पित छ
लेखक: कृष्ण बहादुर चन्द सोडारी “युगल”
Writer: Krishna Bahadur Chand Sodari “Yugal”

Post a Comment

0 Comments